site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिका पठाउने नाममा करोडौँ रकम असुल गर्ने मानव तस्करीको मुख्य जालो ध्वस्त !

काठमाडौं । अमेरिका पुर्‍याउने भन्दै विभिन्न मुलुकमा बन्धक बनाएर फिरौती उठाउने मानव तस्करको ठूला सञ्जाल तोडिएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले अमेरिका पठाउने तस्कर गिरोहका मुख्य आरोपितलाई पक्राउ गरेसँगै सो गिरोह ध्वस्त पारेको दाबी गरेको छ ।

पक्राउ पर्नेमा अमेरिका बस्दै आएका रुकुमका हस्त गौतम छन् । ब्युरोको टोलीले ८ भदौमा कास्की पोखरा–२७ का कमल तामाङलाई पक्राउ गरेको थियो । तामाङसँगको बयानका आधारमा ब्युरोको टोलीले तस्करीका मुख्य आरोपित गौतमलाई पक्राउ गर्न सफल भएको हो । उनको दुवै खुट्टा चल्दैनन् । बैसाखीको भरमा हिँड्ने गर्छन् ।

Dabur Nepal
NIC Asia

उनी आफैँसमेत अवैध बाटो हुँदै अमेरिका पुगेको खुलेको छ । उनी अमेरिकाको ग्रिन कार्ड होल्डरसमेत हुन् ।

ब्युरो स्रोतका अनुसार पछिल्लो समय दाङ, रोल्पा रुकुमका युवाहरूलाई अमेरिकाको सपना देखाएर कमल तामाङ, जेम्म भन्ने पूर्ण लामा, हस्त गौतम, लोकेश लामा र दिनेश वलीको समूहले मोटो रकम उठाएर विभिन्न मुलुक पुर्‍याएर बन्धक बनाउने काम गर्ने गरेको खुलेको छ ।

ब्युरोमा पाँचजनाले दिएको उजुरीका आधारमा तामाङ र गौतमलाई पक्राउ गरिएको हो ।  गौतम पक्राउबारे ब्युरोले शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । उनीहरूमाथि संगठित मानव तस्करीको मुद्दा चलाएर अनुसन्धान थालिएको छ ।

उजुरी दिने पाँचजनाबाट कमल तामाङको समूहले करिब दुई करोड रुपैयाँ उठाएको खुलेको छ । गौतम समूहले युवाहरूलाई भारतको नयाँ दिल्ली हुँदै रुस, क्युबा पार गराएर अमेरिका पुर्‍याउने आश्‍वासन दिएर करोडौँ रकम असुल गर्दै आएको थियो ।

उनीहरू दिल्ली हुँदै महिनौँ लगाएर रुस, स्पने, बोलिभिया, इक्विडर, पेरू, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको पुगेर नेपाल फर्किएको खुलेको छ ।

अमेरिका पुर्‍याउने भन्दै ठूलो रकम उठाउने समूहमा रोल्पाकै जेसन श्रीस समूह भने अझै सक्रिय छ । जेसनका भाइ सागर श्रीस तस्करीमा सक्रिय रहेको खुलेको छ । उनी पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् । सागर श्रीसविरुद्धसमेत उजुरी परेको छ । उनीहरूले करिब पाँचसयजनालाई अमेरिका पठाउने भन्दै रकम उठाएर अलपत्र पारेको प्रहरीको दाबी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro