site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लम्पी स्किन महामारी पीडित किसानलाई राहत दिने काममा ढिलाइ हुँदैन : कृषिमन्त्री भुसाल
फाइल तस्बिर ।

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाइ नहुने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले सोसम्बन्धी मापदण्डमा अर्थ र गृह मन्त्रालयले सहमति दिने बित्तिकै पीडित किसानलाई राहत वितरण गर्ने बताए ।

मन्त्री भुसालले कृषि अनुदान दुरुपयोग हुन नदिनेगरी सरकारले कार्यविधिमा परिमार्जन गरिरहेको समेत जानकारी दिए ।

उनले स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत अध्ययनको काम सुरु भएको र त्यसबाट आउने सुझावको आधारमा सोसम्बन्धी कार्यलाई अघि बढाउने योजनामा सरकार रहेको बताए ।

उनले भने, "अनुदानको दुरुपयोग हुन नपाउने गरी अनुदान वितरण गर्न सकियोस् भनेर कार्यविधिहरूमा परिमार्जन गरिँदै छ । धान आयातलाई क्रमशः घटाउँदै लैजाने योजनामा छौँ ।"

त्यसका निम्ति यान्त्रिकीकरण योगदान गरी नै रहेको छ । स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सन्दर्भमा अध्ययन भइरहेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro