site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘विराट कोहलीले मेडल लगाइदिँदा गर्विलो महसुस भयो’

काठमाडौं । एसिया कप–२०२३ खेलेर फर्किएपछि नेपाली टिमका ओपनर ब्याटर आसिफ शेखले भारतीय टिमका ब्याटर विराट कोहलीले मेडल लगाइदिँदा गर्विलो महसुस भएको बताएका छन् ।

बुधबार स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आसिफले ड्रेसिङ रुममा भारतीय खेलाडीले मेडल लगाइदिँदा गर्व महसुस भएको प्रतिक्रिया दिएका हुन् ।

Dabur Nepal
NIC Asia

“राम्रो टिमसँग राम्रो स्कोर गर्दा आत्मविश्वास बढेको छ । विराट कोहलीले हामीलाई मेडल लगाइदिँदा धेरै नै प्राउड फिल भयो । अन्तिममा उहाँले एउटा मेडल मलाई पनि दिनु मैले क्याच छोडेँ नि त भन्नुभयो,” आसिफले भने ।

एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । 

भारत र पाकिस्तानसँग खेलेर फर्किएको टिमलाई बुधबार सशस्त्र प्रहरी बलको ब्याण्डले विमानस्थलमा बाँजागाँजासहित स्वागत गरेको थियो । नेपाली टिमलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro