विदेश
काठमाडौं । चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ ।
दक्षिण चीनको ग्वाङडोङ प्रान्तको नान्शा बन्दरगाहबाट दक्षिण अमेरिकाको पूर्वी भागमा नयाँ नियमित सिधा ढुवानी सेना सञ्चालनमा आएको हो ।
उद्घाटन समारोहमा एक कार्गो जहाज बन्दरगाहबाट ब्राजिल प्रस्थान गरेको थियो । बन्दरगाहका अधिकारीहरूका अनुसार यो सेवा यस वर्ष ब्रिक्स देशको बैठकमा छलफल भएअनुसार सुचारु भएको ब्रिक्स देशका लागि पाँचौँ अन्तर्राष्ट्रिय समुन्द्री मार्ग हो ।
जसले दक्षिण अमेरिका र ग्वाङडोङ—हङकङ—मकाओ ग्रेटर बे क्षेत्रबीचको व्यापारलाई वृद्धि गर्नेछ ।
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८० १८:१२
प्रतिक्रिया दिनुहोस्