site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालिका मृत्यु घटना : कान्ति बाल अस्पतालले गठन गर्‍यो छानबिन समिति 

काठमाडौं । कान्ति बाल अस्पतालको इमर्जेन्सीमा सोमबार भएको बालिका मृत्युको घटना छानबिनका लागि समिति गठन गरिएको छ ।  

अस्पतालले डा. प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिलाई पाँच दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । 

कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचारका लागि पालो कुर्दै गर्दा मकवानपुर थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको मृत्यु भएको थियो । 

उच्च ज्वरोका कारण अस्पताल पुर्‍याइएकी उनको ओपीडी बन्द भएपछि इमर्जेन्सीमा जाँच गर्न नपाउँदै मृत्यु भएको परिवारले बताएका छन् । इमर्जेन्सीमा ८० मिनेट कुराइएकी रेजिशाको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको अस्पतालले स्वीकार गरेको छ । 

कान्ति बाल अस्पतालको ओपीडी सेवाका लागि टिकट १ बजेबाटै बन्द हुने गरेको छ । त्यसपछि आउने बिरामीलाई अस्पतालको इमर्जेन्सीमा सिधै भर्ना गरी अवस्था हेरेर उपचार गर्ने गरिएको छ । 

तर, सोमबार साँझ ५ बजे अस्पताल पुर्‍याइएकी उनको ८० मिनेट लाइनमै कुर्दापनि पालो नआएको र हजुरबुबाकै काखमा मृत्यु भएको परिवारले बताएका छन् । 

घटनापछि अस्पतालले बिरामीको अवस्था हेरेर अति आकस्मिकलाई टिकट नलिइ रातो कार्ड, मध्यम सिकिस्तलाई पहेंलो र सामान्यलाई हरियो कार्ड दिएर उपचारको प्रबन्ध गर्ने भएको छ । 

kanti-1693990610.jpg

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro