site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वगोर्खा सैनिकलाई अधिकार दिलाउन सरकारले कूटनीतिक पहल गर्नेछ : परराष्ट्रमन्त्री साउद
फाइल तस्बिर।

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पूर्वगोर्खा सैनिकले पाउनुपर्ने अधिकारबमोजिमको सुविधा प्राप्त गराउन सरकारले बेलायत सरकारसँग कूटनीतिक पहल गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सन् १९९७ भन्दा अगाडिका गोर्खा सैनिकलाई पनि वेतन र घाइतेहरुलाई अन्य सहुलियत दिनुपर्छ भनेर बेलायतमा भएका गोर्खा सैनिक परिवारले आन्दोलन गरिरहेको बताए ।

पूर्वगोर्खा सैनिकले पाउनुपर्ने सुविधा दिलाउने कुरामा सरकार साथमा रहेको उनले बताए । उनले संवादको प्रक्रियाबाट पूर्वगोर्खा सैनिकहरुले पाउनुपर्ने अधिकारबमोजिमको सुविधा दिलाउन सरकारले प्रयत्न गर्ने बताए ।

परराष्ट्र मन्त्रालयले सो समस्या समाधानका लागि कूटनैतिक पहल गरिरहेको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro