site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वलाई गम्भीर संकटमा धकेल्दै ‘पृथ्वीका एलियन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । निकै छिटो र तीव्र रुपमा फैलिने ‘आक्रामक–इन्भेसिभ’ प्रजातिले प्रत्येक वर्ष विश्वलाई ४२३ अर्ब अमेरिकी डलर बराबरको क्षति गरिरहेको संयुक्त राष्ट्रसंघको एक रिपोर्टले देखाएको छ ।

यस किसिमका प्रजातिले बोटविरुवा र जिवजन्तु लोप गराउने, खाद्य सुरक्षाका लागि खतरा र विश्वभर वातावरणीय प्रकोप बढाइरहेको राष्ट्रसंघीय रिपोर्टमा उल्लेख छ ।

एक ठाउँबाट अर्काे ठाउँको भ्रमण र विश्वव्यापी व्यापार जस्ता मानवीय कारणले यस्ता जिव र वनस्पति अभूतपूर्व गतिमा फैलिइरहेको वैज्ञानिकहरुले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्येक वर्ष २०० वटा यस किसिमका नयाँ ‘एलियन प्रजाति’हरु गणनामा आइरहेको तथ्यांकले देखाएको छ । हालसम्म विश्वभर पहिचानमा आएका ३७ हजार एलियन प्रजातिमध्ये ५०० वटा खतरनाक मानिएका छन् ।

यी प्रजातिले बालीनाली नष्ट गर्ने, स्थायी प्रजातिको लोप गराउने, जलस्रोत प्रदूषित पार्ने, रोग फैलाउने र विनाशकारी प्राकृतिक प्रकोपका लागि आधार स्थापना गरी ‘गम्भीर विश्वव्यापी खतरा’ निम्त्याइरहेका छन् ।

Global Ime bank

यस्ता प्रजातिका कारण भइरहेको आर्थिक क्षति सन् १९७० यता हरेक दशकमा कम्तीमा चारगुणाले बढ्दै गएको वैज्ञानिकहरूले बताएका छन् ।

“यो आंकडालाई एकदमै बेवास्ता गरिएको छ..., यो हिमशिलाको टुप्पो हो,” राष्ट्रसंघको जैविक विविधता र इकोसिस्टम सर्भिस (आईपीबीईएस) रिपोर्टका सहलेखक पर्यावरणविद् हेलेन रोयले भनेकी छन् ।

यस्ता जिव र वनस्पतिजन्य प्रजातिको फैलावट र प्रभाव रोक्न सकिएन भने, सन् २००५ को तुलनामा सन् २०५० मा एकतिहाइ बढी यस्ता प्रजाति हुने आंकलन गरिएको छ ।

जलवायु परिवर्तन बिग्रिँदै जाँदा यस्ता एलियन प्रजातिको खतरा पनि बढ्दै गइरहेको विज्ञहरुको भनाइ छ ।

विश्वभर जरा, तर असर स्थानीय

एलियन प्रजातिहरु बोटविरुवा, जनावर वा अन्य प्रजातिहरु हुन्, जुन मानवीय कारणले नयाँ ठाउँ वा क्षेत्रमा पुग्छन् । जब यी प्रजातिले नयाँ ठाउँमा आफूलाई स्थापित गरेर जैविक विविधता, पारिस्थितिक प्रणालीदेखि मानवीय जीवनशैलीमा नै असर पार्छन्, तब यसलाई ‘आक्रमणकारी’ वा ‘हानिकारक’ प्रजाति भनिन्छ ।

अफ्रिका महादेशमा तालमाथि र नदी थुन्ने हाइसिन्थ, क्यारेबियनमा माछा मार्ने काममा असर गरिरहेको सिंह माछा (लायन फिस) र हिन्द महासागरको क्रिसमस टापुमा फैलिरहेका ‘विशाल–जायन्ट अफ्रिकी शंखेकिरा’ केही आक्रमणकारी प्रजाति हुन् ।

यस्तै, ‘ब्राउन ट्री सर्प’ले प्यासिफिक टापु गुआममा चराहरूको समाप्त गर्न थालेको छ । तीव्र रुपमा फैलिइरहेको ‘जेब्रा सिपी’ले उत्तर अमेरिकी ‘ग्रेट लेक’मा कब्जा जमाइरहेको छ ।

यसबाहेक लामखुट्टेले डेंगी, जिका, मलेरिया र वेस्ट नाइल भाइरस जस्ता रोग नयाँ क्षेत्रमा फैलाइरहेको विषय पनि उत्तिकै खतरनाक विषय बनेको छ ।

विभिन्न देश र महाद्वीपमा फैलिइरहेको आक्रमणकारी प्रजाति जैवविविधता भइरहेको क्षतिको प्रमुख कारक बनेको छ । विश्वमा लोप भएका विभिन्न प्रजातिको ६० प्रतिशत कारण यिनै आक्रमणकारी प्रजातिलाई दिइएको छ । यी एलियन प्रजातिहरु स्थापित भएपछि विनाशकारी सावित हुन्छन् ।

गत महिना अमेरिकी राज्य हवाईमा भएको आधुनिक इतिहासकै घातक डढेलोमा स्थानीय रुपमा त्यहाँ नरहेको सुकेको घाँस र झाडीले आगो फैलिन मद्दत गरेको बताइएको छ ।

विश्वव्यापी रुपमा जरा गाडेका यी प्रजातिको ठाउँअनुसार क्षति फरक–फरक भए पनि सबैभन्दा धेरै प्रभाव स्थानीय रुपमा पर्ने गरेको छ । हरेक देशका नागरिक र समुदायका मानिसले यसको असरको सामना गरिरहेका छन् ।

आक्रामक प्रजातिसँगै जलीय र स्थल वासस्थानको विनाश, जिवजन्तुमाथि शोषण र जलवायु परिवर्तनलगायतले जैविक विविधतामा संकट निम्त्याइरहेको छ । खासगरी समुद्री प्रणाली र अन्य रोकथाम गरेमा यस्ता प्रजातिको खतराबाट जोगिन सक्नेमा वैज्ञानिकहरू आशावादी छन् ।

खास गरी नयाँ ठाउँमा यस किसिमका प्रजातिको आगमन रोक्न सकेमा र तिनीहरु स्थापित हुनुभन्दा अघि नै नियन्त्रण गर्नु प्रभावकारी रहने विज्ञहरु बताउँछन् । यस्तै, पहिले नै स्थापित भइसकेका वा जरा गाडिसकेका प्रजातिहरुका लागि त्यसको उन्मूलन सबैभन्दा प्रभावकारी देखिएको छ ।

रिपोर्टका सहलेखक एवं ओन्टारियो टेक विश्वविद्यालयका सामाजिक विज्ञान एवं मानविकी संकायका डिन पिटर स्टोएटले एलियन प्रजातिको प्रभावलाई बेवास्ता गर्न नहुने बताएका छन् । रिपोर्टले यस किसिमका आक्रामक प्रजाति नियन्त्रण गर्न सकिने सम्भावना देखाएको उनले बताए ।

सन् २०२२ मा विश्वभरका देशहरु राष्ट्रसंघीय ‘कुनमिङ–मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क’मार्फत सन् २०३० सम्म एलियन प्रजातिको वृद्धि र विकास ५० प्रतिशतले रोक्ने लक्ष्यमा सहमत भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement