site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एक्सरे मेसिनमा जाँचै नगरी हङकङ पठाइएको थियो गाँजा र चरेस
वरिष्ठ सई निरञ्जन पनेरु र प्रहरी सहायक निरीक्षक कैलाश राउत । फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हङकङ पठाइएको लागुऔषध गाँजा र चरेस त्यहाँको एक्सरे मेसिनमा जाँच नै नगरी ‘पास’ गराइएको खुलेको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत गएको साउत २६ गते गाँजा र चरेस हङकङ पठाइएको थियो । विराट ग्लोबल प्राइभेट लिमिटेडमार्फत कार्गोबाट नेपालमा उत्पादित गाँजाचरेस हङकङ पुर्‍याइएको खुलेको हो ।

उक्त गाँजा र चरेस हङकङ प्रहरीले बरामद गरेको थियो । नेपालबाहिर पठाइने कार्गोको सामग्री चेकिङमा विमानस्थलमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली खटिने गरेको छ ।

ब्युरोकै एक टोलीले सो प्रकरणबारे छानबिन गरिरहेको छ । एक्सरे जाँच नै नगरी गाँजाचरेस पास गराइएको छानबिन टोलीले पत्ता लगाएको छ । ब्युरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनन्तराम शर्माको नेतृत्वमा छानबिन समिति बनाइएको छ ।

सोही समितिको प्रारम्भिक अनुसन्धानमा डिउटीमा खटिएका प्रहरी कर्मचारीकै लापरबाही वा ‘सेटिङ’मै गाँजाचरेस बाहिरिएको खुलेको हो । सीसीटीभी फुटेजमा जाँचपासबिनै कार्गोबाट सामग्री पठाइएको देखिएको छ । त्यो बेला डिउटीमा खटिएका ब्युरोका प्रहरीलाई विमानस्थलबाट फिर्ता गरेर कारबाहीको तयारी गरिएको छ ।

ब्युरो स्रोतका अनुसार त्यो बेला ‘चेकिङ’मा वरिष्ठ सई निरञ्जन पनेरुको नेतृत्वमा प्रहरी सहायक निरीक्षक कैलाश राउत र विष्णुबहादुर थापा खटिएका थिए । प्रहरी हवल्दार निरकुमारी राई र प्रदीप बस्नेत पनि सोही डिउटीमा थिए । उनीहरू सबैलाई ब्युरो कार्यालयमा फिर्ता बोलाएर छानबिन थालिएको छ ।

ब्युरोका प्रमुख एवं एसएसपी गोविन्द थपलियाले केही कमजोरीका कारण गाँजाचरेस बाहिरिएको देखिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

हङकङ प्रहरीले गाँजा र चरेस बरामदबारे नेपाल प्रहरीलाई साउन ३१ गते पत्राचार गरेर जानकारी गराएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro