site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालले चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ : सभापति देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नेपालसँग विद्युत् किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि विद्युत् नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए । भनेका कुरा नमान्ने हो भने विद्युत् नकिन्ने हुँदा थोरै लचिलो भएर भएपनि देशको हितमा काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

सभापति देउवाले सरकार र ब्युरोकेसीबीच एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताए । 

 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्