site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतका कोहली, पन्ड्या र प्रशिक्षक द्रविडले नेपाली क्रिकेटरलाई लगाइदिए मेडल
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसिया कप–२०२३ मा समूह ‘ए’को अन्तिम खेलपछि भारतीय टिमका क्रिकेटर र प्रशिक्षकले नेपाली क्रिकेटरलाई तक्मा लगाइदिएका छन् ।

सोमबार श्रीलंकाको क्यान्डीमा सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा भारतले नेपालविरुद्ध १० विकेटको जित निकालेको थियो । टस हारेर ब्याटिङमा गएको नेपालले २३० रनको योगफल खडा गरे पनि वर्षाका कारण भारतले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियो । जसलाई भारतले २०.१ ओभरमा विकेट नगुमाई पूरा गर्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

जितपछि नेपाली ड्रेसिङ रुममा देखिएका भारतीय क्रिकेटर र प्रशिक्षक राहुल द्रविडले राम्रो प्रदर्शन गरेका तीन नेपाली खेलाडीलाई मेडल लगाइदिएका हुन् । नेपाली प्रशिक्षक मोन्टी देसाईको आग्रहमा भारतीय क्रिकेटर हार्दिक पन्ड्याले सोमपाल कामीलाई, विराट कोहलीले आसिफ शेखलाई र प्रशिक्षक द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएका छन् ।

भारतीय टिमका सदस्यले मेडल लगाइदिएको भिडियो नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

Global Ime bank

नेपालविरुद्धको जितसँगै भारतले समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सुपर फोरमा स्थान बनाएको छ ।

लगातार दोस्रो हार बेहोरेको नेपाल भने एसिया कपको पहिलो सहभागितामा जितविहीन बन्यो । नेपालले भारतअघि पाकिस्तानसँग २३८ रनको फराकिलो हार बेहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement