site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तस्करीको सुन भैरहवा हुँदै भारततर्फ : ‘व्यवस्थापक’ पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भारतबाट सुमन खरेललाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका लागि खरेललाई थुनामा राख्न अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए ।

चिनियाँ नागरिकले तस्करी गरेको सुन खरेलले नेपालमा व्यवस्थापनको काम गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।

Dabur Nepal
NIC Asia

खरेल पक्राउसँगै केही नयाँ तथ्य खुल्ने सीआईबीको अपेक्षा छ । चिनियाँ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेलगत्तै उनी भारत भागेको खुलको छ ।

उनीसहित सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सीआईबीका अधिकारी हङकङ र भारतमा समेत पुगेर सुन तस्करीमा जोडिएका व्यक्तिबारे अनुसन्धान गर्दै छन् । भारत पुगेका सीआईबीका डीएसपी धर्मराज भण्डारीको नेतृत्वको टोलीले खरेललाई पक्राउ गरेर नेपाल पठाएको हो ।

सीआईबीकै एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइएको छ ।

गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको हो ।

साउन २१ देखि सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ । संगठित तस्करी मुद्दामा अनुसन्धान गरिँदै छ । यसको अनुसन्धान गर्न सीआईबीसँग अब ११ दिन मात्र बाँकी छ ।

थप अनुसन्धान गर्न मिल्ने गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी रहेको सीआईबी स्रोतको भनाइ छ । स्रोतका अनुसार अर्को हप्ताको सुरुआतमै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ ।

सीआईबीले पक्राउ गरेका दावासँग विभिन्न कारणले ‘कनेक्सन’मा रहेका नेपालीमाथि समेत अनुसन्धान थालिएको छ । सुन तस्करी प्रकरणमा नजोडिए पनि दावासँग सम्बन्ध देखिएपछि सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनको कागजी बयान गरेको छ ।

चिनियाँ गिरोहले तस्करी गरेर काठमाडौं भित्र्याएको सुन भैरहवा नाका हुँदै भारत पुर्‍याइने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको जिकिर छ ।

असार ९ गते सशस्त्र प्रहरी बलको टोलीले रुपन्देहीबाट बरामद गरेको दुई किलो सुन समेत चिनियाँ समूहले नै नेपालमा भित्र्याएको आशंका प्रहरीले गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा१२च ३८२० नम्बरको कारबाट सुनसहित दाङको घोराहीका हुमानन्द गिरी पक्राउ परेका थिए । रुपन्देही प्रहरीले सो प्रकरणमा समेत संगठित तस्करी मुद्दामा अनुसन्धान गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro