site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगी संक्रमितको संख्या २३ हजार नाघ्यो, तीन महिनामा १४ जनाको मृत्यु

काठमाडौं । डेंगी संक्रमणबाट पछिल्लो तीन महिना (जुन, जुलाई र अगस्ट) मा १४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ४ सेप्टेम्बरसम्म संक्रमितको संख्या २३ हजार १२७ पुगेको हो ।

अगस्टमा मात्रै १५ हजार २८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा १७ हजार ५३० जना छन् ।

त्यस्तै, वाग्मतीमा तीन हजार २७७, मधेसमा ५१९, गण्डकीमा ६८३, लुम्बिनीमा ३९०, कर्णालीमा ४८ र सुदूरपश्चिममा ६८० जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ७९९ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro