राजनीति

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले राजीनामा दिएका छन् ।
पार्टी राजनीतिमा थप सक्रिय हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
“कांग्रेस केन्द्रीय सदस्यको रूपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल हुन र दोलखाका जनताको सेवामा थप समर्पित हुन संसदीय दलको प्रमुख सचेतक पदबाट राजीनामा दिएको हुँ,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८० ०८:५४
प्रतिक्रिया दिनुहोस्