site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मिटरब्याजसम्बन्धी ६६ उजुरीमध्ये ३२ फछर्यौट
फाइल तस्बिर ।

वागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडामा गैरकानुनी तथा अनुचित लेनदेन अर्थात् (मिटरब्याज) सम्बन्धी परेको ६६ वटा उजुरीमध्ये हालसम्म ३२ वटा उजुरी मेलमिलापको माध्यमबाट फछर्यौट गरिएको छ ।

सो कार्यालयमा हालसम्म आर्थिक लेनदेन तथा जग्गा धितोबन्धक सम्बन्धित ६६ वटा उजुरी परेको सो कार्यालयले जनाएको छ ।

सरकारले अनुचित लेनदेन (मिटरब्याजी)सम्बन्धी जाँचबुझ आयोग गठन गर्नुपूर्व २८ वटा लिखित निवेदनहरू उक्त कार्यालयमा दर्ता भएको थियो भने आयोग गठनपश्चात् हालसम्म थप ३८ वटा उजुरी दर्ता भएको बताइएको छ । सरकारले मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठनपश्चात् गत चैत १२ गतेदेखि उजुरी आह्वान गरेको थियो ।

आयोग गठन गर्नुपूर्व दर्ता भएका तथा आयोग गठनपछि दर्ता भएका चारवटा उजुरी गरी कूल ३२ वटा उजुरीको छलफलको माध्यमबाट मेलमिलाप गरी समाधान गरिएको  सो कार्यालयका  सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

आयोग गठनपूर्व दर्ता भएका निवेदनमा अधिकतम पाँच लाखसम्मको आर्थिक कारोबार भएको उजुरी परेको छ भने आयोग गठनपश्चात् अत्यन्त ठूला तथा जग्गा धितो बन्धक गरी गरिएको कारोबारसम्बन्धीको उजुरी परेको उनको भनाइ  छ ।

मिटरब्याजी समस्याको विषयमा प्राप्त निवेदनमाथि छलफल र मिलापत्र गराएको भन्दै केही व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई विपक्षी बनाएर उच्च अदालत हेटौँडामा मुद्दासमेत दायर गरेको सो कार्यालयबाट जानकारी दिइएको छ । रासस

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro