site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । सोमबार कतार, पेरु र कम्बोडियाका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । कतारका आवासीय र पेरु र कम्बोडियाका गैरआवासीय राजदूत हुन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी समेतको उपस्थिति थियो ।

नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटेल र्‍याडिसनदेखि शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

iamdfg-1693827445.jpg

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro