site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामहरि खतिवडा र सचिवलाई थानीको प्रश्न– तपाईंको कोर टिममा को छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले 'ठूलाकै दबाबमा' राज्यव्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले निजामती विधेयकमा चलखेल गरेको आरोप लगाएका छन् ।

"तपाईंले नपढेर सिग्नेचर गर्नुभएको भन्ने मेरो मनमा छैन । दुराजी, तपाईंले ठूलाका दबाबमा ५ (क) राख्नुभएको हो," बुधबार समितिको बैठकमा समितिका सदस्यसमेत रहेका थानीले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"दुराजी तपाईं सचिव हो, नयाँ मान्छे होइन । सभापति टाठोबाठोमध्येको सभापति हो । कुलिङ पिरियडमा थाहा छैन भनेर तपाईंले थाहा पाइनँ भन्न मिल्छ ?," उनले प्रश्न गरे ।

उनले अगाडि थपे, "यहाँ ठूलै समूहको हात छ, सांसदको मन रोएको छ । भोलि पार्लियामेन्ट सिस्टमको के रहला ?"

उनले समितिका सभापति रामहरि खतिवडाले मनपरी गरेको पनि आरोप लगाए । उनले यस विषयमा संसदीय छानबिन समिति नै गठन गर्नुपर्ने बताए ।

"सभापतिलाई इमानदार साथ भन्नुस्, कोर टिम को हो ? तपाईं र दुरापछि कांग्रेस, एमालेबाट कसलाई राख्नुभएको थियो ? कम्तीमा संसदीय समिति गठन हुनुपर्छ । सभापतिले मनपरी गर्नुभयो । हाम्रो चित्त दुखाउनुभयो," उनले भने ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्