site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वनमन्त्री महतोको दाबी– १०० दिनमा निकै महत्त्वपूर्ण काम भए

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले मन्त्रालयमा आफू आएपछि निकै महत्त्वपूर्ण कामहरू भएको दाबी गरेका छन् । कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री महतोले आफूले नीतिगत सुधार र राजस्व संकलनमा महत्त्वपूर्ण काम गरेको दाबी गरे ।

नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाज र नियुक्ति) नियमहरू, २०८० (दोस्रो संशोधन) स्वीकृत गरी नेपाल राजपत्रमा भएको प्रकाशन भएको र संशोधनबाट वन सेवाअन्तर्गत संस्थागत हुने गरी वातावरण समूह थप भएको र वन सेवाका पदनामाहरूमा समसामयिक सुधार गरिएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

खनिजजन्य वन पैदावारको राजस्व दरमा देखिएको दोहोरोपन हटाउने, विभिन्न प्रजातिका बल्लाबल्लीको राजस्व दरमा पुनरवलोकनलगायतका विषयहरू समावेश भएर वन पैदावार उपयोग र व्यवस्थापनको कार्यहरूमा सरलीकरण र सहजीकरण गरिएको उनको भनाइ छ । 

संरक्षित तथा प्राकृतिक सन्तुलनसहितको चुरे–तराई मधेस भू–परिधि क्षेत्रमा वातावरणीय वस्तु र सेवाको दिगो प्रवाहसहितको आर्थिक समृद्धि हासिल गर्नेलक्ष्य सहितका कामहरू आफूले गरेको मन्त्री महतोले दाबी गरे ।

उनले २०८० जेठ १० देखि हालसम्म उत्साहजनकरूपमा काठ दाउरा उत्पादन भएको र काठ, दाउरा, जडीबुटी बिक्री तथा पर्यापर्यटनलगायतका क्षेत्रहरूबाट यस अवधिमा जम्मा दुई अर्ब ७९ करोड ७१ हजार रुपैयाँ राजस्व संकलन भएको बताए ।

मन्त्री महतोले मुलुकका निकुञ्जहरूलाई मुलुकको समृद्धिसँग जोड्नका लागि नियमावली परिमार्जन गर्ने तयारी भएको उल्लेख गरे ।

मन्त्री महतोले वन, वन्यजन्तु, वनस्पति र जैविक विविधता संरक्षण र भू तथा जलाधार संरक्षण व्यवस्थापन, वातावरण संरक्षण व्यवस्थापन र जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धी विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको जिकिर गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro