site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास जग्गा प्रकरण : सरकारी वकिलको बहस सकियो

काठमाडौं । ललितानिवासको जग्गा किर्ते मुद्दामा सरकारी वकिलतर्फको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकाको इजलास नम्बर–१३ मा परेको मुद्दामा सोमबार चार सरकारी वकिलले बहस गरे ।

जिल्ला न्यायाधिवक्ताद्वय वासुदेव शर्मा र जनक घिमिरे तथा सहायक जिल्ला न्यायाधिवक्ताहरू प्रकाश ज्ञवाली र प्रकाश गिरीले बहस गरेका हुन् । आइतबार सुरु भएको थुनछेक बहसमा जिल्ला न्यायाधिवक्ताद्वय महेश खत्री र रमेश भट्टराई र सहायक जिल्ला न्यायाधिवक्ताहरू चन्द्र सन्जेल र दिनेश भट्टराईले बहस गरेका थिए ।

यही भदौ १० गते सरकारी वकिलले ३१० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पक्राउ परेकाहरूसित गएको सोमबारदेखि शुक्रबारसम्म बयान लिइएको थियो । त्यसपछि थुनछेक बहस सुरु भएको हो ।

सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, वेदप्रकाश पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरेलाई पक्राउ गरी थुनामा राखेको थियो । उनीहरू अझै थुनामा छन् ।

सीआईबीले संगठित अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा चलाएको थियो । किर्ते आरोपमा प्रहरीले २५ दिन मात्र थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।

ललितानिवास जग्गा प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाएको छ । त्यसमा ललितानिवासस्थित जग्गाका तत्कालीन मालिक सुवर्णशमशेरको परिवारका सदस्यहरू पनि छन् । पक्राउ परेका १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro