विदेश
काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई पदबाट हटाइएको घोषणा गरेका छन् ।
रेज्निकोभले सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गर्नुअघिदेखि नै मन्त्रालयको नेतृत्व गर्दै आएका थिए । जेलेन्स्कीले अब रक्षा मन्त्रालयका लागि नयाँ समय आएको बताएका छन् ।
रेज्निकोभ बेलायतका लागि किभको नयाँ राजदूत बन्ने अनुमान गरिएको छ । ५७ वर्षीय रेज्निकोभ युक्रेनमा युद्ध सुरु भएदेखि नै चर्चाको शिखरमा थिए । बीबीसीबाट ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० ११:२१
प्रतिक्रिया दिनुहोस्