site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी सरकारविरुद्धको रिट मल्ल, चुडाल र सुवेदीको इजलासमा 

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।

कोसी सरकारका मुख्यमन्त्री उद्धव थापासहितलाई विपक्षी बनाउँदै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि आजदेखि नियमित सुनुवाइ हुनेछ ।

Dabur Nepal
NIC Asia

यसअघि, यही भदौ ७ गते ईश्वरप्रसाद खतिवडाको इजलासले कोसी सरकारविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिएको थियो ।

थापाले प्रदेशसभाबाट विश्वासको मत लिने दिन सभाध्यक्षमण्डलका सदस्य नेपाली कांग्रेसका इस्राइल मन्सुरीले बैठक सञ्चालन गरेका थिए । प्रदेशसभामा मतदान हुँदै थियो । मत सच्याउने अवधि सकिएपछि मन्सुरीले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरे ।

त्यति बेला उनले माओवादी केन्द्रकी सांसद गीता तिम्सिनालाई सभा सञ्चालनको जिम्मेवारी दिएका थिए । पछि मन्सुरीले नै थापाले विश्वासको मत पाएको घोषणा गरे ।

त्यो सम्पूर्ण प्रक्रिया असंवैधानिक भन्दै कार्कीले रिट दायर गरेका हुन् । प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले सभाध्यक्षले मत हाल्न नपाउने स्पष्ट पारेको छ ।

त्यसपछि भदौ १५ गतेका लागि पेसी तोकिएको थियो । उक्त दिन खतिवडाकै इजलासमा परेपछि ‘हेर्न नमिल्ने’ हुँदै १७ गतेका लागि पेसी तोकियो । १७ गते (आइतबार) न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासमा परेको रिटमाथि गम्भीर संवैधानिक निर्णय गर्नुपर्ने भन्दै पूर्ण इजलासमा पठाउने निर्णय गरिएको हो । अब पूर्ण इजलासमा निरन्तर सुनुवाइपछि अन्तिम फैसला दिइनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro