site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लुम्बिनीमा ओलीको अवज्ञा होला ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताहरूलाई सहमतिमा नेतृत्व टुंग्याउन निर्देशन दिए । सचिवालयका ६ नेता रहेको प्रदेशमा लफडा भएको भन्दै आइतबार राति नै नेतृत्व टुंग्याउन मञ्चबाटै अह्राए । उनले पदाधिकारीको नाम आफैँ पढ्ने इच्छासमेत जाहेर गरेका थिए । 

एमालेका १९ सचिवालय सदस्यमध्ये लुम्बिनीमा उपाध्यक्षहरू युवराज ज्ञवाली र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट र छविलाल विश्वकर्मा छन् ।

“यत्रो विधि नेताहरूको लाइन यहीँ, नेताहरूले मिलाउनुपर्दैन ? महासचिव जानुभएको  छ, युवराजजी आउन पाउनुभएन,” ओलीले भने, “अरू नेताहरू भरे बेलुका बस्नूस्, सबै साथीहरूलाई चित्त बुझ्ने समाधान निकाल्नूस्, भोलि बिहान मै घोषणा गर्दिउँला, केही छैन । तर, समाधान निकाल्नूस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

UML-Lumbiniq-1693750683.jpg

आज बिहानको बन्दसत्रमा पनि ओलीले सहमतिमै अधिवेशन सक्न निर्देशन दिए । प्रदेश इन्चार्ज पद्‌मा अर्याललाई नेतृत्व टुंग्याउन भनेर उनी काठमाडौं फर्किए । तर, ओलीको बोलीको अवज्ञा हुने देखिएको छ ।

Global Ime bank

लुम्बिनको प्रदेश अध्यक्षको दाबी गरिरहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल प्यानल नै बनाएर चुनावी प्रतिष्पर्धामा होमिने तयारीमा छन् । 

कँडेल पार्टीको १०औँ महाधिवेशनपछि प्रदेश अध्यक्ष बनेका थिए भने रिजाल केन्द्रीय सदस्य हुन् । कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।

बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनको खुला सत्रमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले गुटबन्दी नगर्ने भन्दै पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । खुला सत्रमा बोलेपछि पोखरेल चीन भ्रमणमा गइसकेका छन् । पौडेल काठमाडौं फर्किएका छन् । 

तर, प्रदेशमा केन्द्रका नेताहरू अझै पनि सहमति गराउने प्रयासमा छन् । सहमतिको प्रयास भन्दै नेताहरूले प्रतिनिधिहिरुलाई अल्मल्याएको आरोप पनि लागेको छ । पोलिट ब्युरो सदस्य सूर्य थापा नेतृत्वबारे छलफल भइरहेको बताउँछन् । 

“छलफल जारी छ । अझै टुंगोमा पुगिसकेको छैन,” उनले भने । 

तर, सहमतिको प्रयास अब न्यून भएको छ । चुनाव हुने सम्भावना अधिक रहेको नेताहरूले बताउन थालेका छन् । “अब सहमतिको सम्भावना लगभग सकिएजस्तै भएको छ,” एक नेताले भने, “ अब भोलि चुनाव हुने सम्भावना बढी छ । 

UML-Lumbini-1693750687.jpg

एमाले अध्यक्ष ओलीलाई पार्टीमा प्रतिष्पर्धा गराउन नचाहेको आरोप लाग्ने गरेको छ । त्यसो त पार्टीको दसौँ महाधिवेशनमा अध्यक्षमा आफूसँग प्रतिष्पर्धा गरेपछि नेता भीम रावलप्रति उनले अझै आक्रोश पोखिरहेका छन् । सचिवालयका नेताहरू नै रावलले उपाध्यक्ष पद अस्वीकार गरेर आफूसँग प्रतिस्पर्धा गर्न आएकोमा ओलीले चित्त दुखाएको बताउँछन् । 

राजनीतिक विश्लेषक सोमत घिमिरे लुम्बिनीमा आफ्नै गुटको प्रतिष्पर्धाले ओलीले निकै अप्ठेरो परेको विश्लेषण गर्छन् । 

“आफ्नै गुटका नेताहरूबीच प्रतिष्पर्धा गराउन ओलीलाई अप्ठेरो भएको हो । सहमतिबाट आउँदा ओलीलाई फाइदा होला प्रदेशमा त घाटा हुन्छ,” उनको विश्लेषण छ, “सहमितका लागि विष्णु पौडेल र शंकर पोखरेल पक्ष तयार नभएपछि ओलीको बोलीको अवज्ञाजस्तै देखियो ।”

उनी विस्तारै ओलीको शक्ति क्षयीकरण भइरहेको देख्छन् । राजनीतिमा 'हिरोइजम' नटिक्ने उनको बुझाइ छ । 

“उनीहरू चुनावमा जान खोजेका छन् । एमालेमा ओलीजीको देवत्वकरण धेरै भयो । राजनीतिमा हिरोइजम टिक्दैन,” विश्लेषक घिमिरे भन्छन्, “उहाँलाई अत्यधिक देवत्वकरण गरिएको थियो । यही अधिवेशनले भन्दा पनि विस्तारै उहाँको शक्ति क्षयीकरणतिर जाने देखिन्छ ।”

पौडेललाई नेकपाको महासचिव र पोखरेललाई एमालेको महासचिव बनाउँदा उनीहरूको टकराबले ओलीलाई अप्ठेरो पार्ने उनको टिप्पणी छ । 

प्रदेश कमिटीमा १२ जिल्लाबाट जिल्लागत प्रतिनिधि १८६, अपांगबाट एक, मजदुरबाट तीन, खुलाबाट पदाधिकारीसहित १५ जना गरी २०५ जना निर्वाचित हुने छन् ।

प्रचार विभागका डीआर घिमिरेका अनुसार प्रदेशका जिल्लाहरूलाई क्लस्टरका आधारमा सदस्य पाउने गरी संख्या तोकिएको छ । 

जसमा रूपन्देहीले ३३, नवलपरासीले १४, कपिलबस्तुले २१, पाल्पाले १४, गुल्मीले १५, अर्घाखाँचीले ११, प्युठानले १०, रोल्पाले ७, रुकुमले ६, दाङले २४, बाँकेले १७, बर्दियाले १४ जना पाउने छन् । त्यसमा युवा, दलित थारू, मुस्लिमको कोटा तोकिएको उनले बताए । 

घिमिरेले पनि केही जिल्लाको सर्वसम्मत भएको बताउँदै चुनाव नै हुने सम्भावना बढेको बताए । 

“जिल्ला जिल्लामा कोटा बाँडेकाले पनि कतिपय जिल्लाले सर्वसम्मत पनि गरेका छन् । सबै जिल्लाको सर्वसम्मत नहुने भएकाले चुनाव नै हुने देखिन्छ,” उनले बाह्रखरीसँग भने, “पदाधिकारीमा पनि निर्विरोध हुने सम्भावना कम देखिन्छ ।”

UML-Lumbini-1-1693750684.jpg

निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम अघि बढाइरहेको छ । अहिले निर्वाचन आयोगले उमेदवारी मनोनयन भइरहेको छ । 

निर्वाचन आयोगका सदस्य विष्णु खनालले उमेदवारी मनोनयको समय आइतबार ९ बजेसम्मको रहेको बताए । 

“अहिले उमेदवार मनोनयको काम भइरहेको छ । ९ बजेसम्म नोमिनेसनको समय तोकिएको छ,” उनले भने ।

खनालका अनुसार चुनाव भएमा भोलि नै हुने छ । 

“हामीले निर्वाचन प्रक्रिया अघि बढाएका छौँ । कतिमा सर्वसम्मत पनि होला,” उनी भन्छन्, “चुनाव भए भोलि नै हुने छ ।”

तस्बिरहरू : फेसबुक पेज 'बालकोट' बाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement