site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हराएका २१ वटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका २१ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी आज धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रमकाबीच प्रहरी उपरीक्षक सन्तोष आचार्यले १६ वटा मोटरसाइकल र पाँचवटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।

चालु आर्थिक वर्षमा ६९ ओटा सवारी साधन यसअघि नै धनीलाई जिम्मा लगाइसकेको प्रहरी उपरीक्षक आचार्यले बताउए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस आर्थिक वर्षमै दुईवटा चोरीका मोटरसाइकलसहित तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालय पठाइसकेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार सवारी साधन चोरी हुन तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुपर्छ । साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ गर्न हुँदैन । 

Global Ime bank

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिन्छ ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement