site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी सरकारविरुद्धको रिट न्यायाधीशद्वय मल्ल र माथेमाको इजलासमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)ले दायर गरेको रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुस्मलता माथेमाको इजलासमा परेको छ ।

कोसी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापासहित अन्यविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा यही भदौ ७ गते अन्तरिम आदेश भएको थियो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कासी सरकारका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्य इसराइल मन्सुरीको समेत मत लिनु संविधान विपरित भएको भन्दै सरकारलाई दिर्घकालीन महत्वका निर्णय नगर्न आन्तरिम आदेश जारी गरिसकेका छन् ।

यसअघि १५ गते तोकिएको पेसी खतिवडाकै इजलासमा परेपछि उनले आफूले नहेर्ने भन्दै आजका लागि पेसी तोकेका हुन् । यद्यपि, अघिल्लोपटक सभामुखले हस्ताक्षर गरेर बहुमत प्रस्तुत गर्दासमेत मुख्यमन्त्री थापाको नियुक्त बदर गर्ने फैसला इश्वर खतिवडासमेतको इजलासले गरेको थियो । त्यसबेला खतिवडासँगै डा. आनन्दमोहन भट्टराईको इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro