site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ज्वेलर्सका गहना चोरेको आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । मोरङमा गरगहना चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिका–५ का २२ वर्षीय सञ्जय पासवानलाई शुक्रबार (हिजो) बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुनवर्षी नगरपालिका–९, डाइनियास्थित मनीष ज्वेलर्सबाट सुनचाँदीका विभिन्न गरगहना चोरेको उनीमाथि आरोप छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय ब्रिजलाल सोनारको उक्त ज्वेलर्सबाट शुक्रबार बिहान करिब तीन लाख ४७ हजार ८४० रुपैयाँबराबरका सुनचाँदीका गरगहना चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पासवानलाई डाइनियाबाटै पक्राउ गरेको हो ।

उनको साथबाट फलामको रड दुईथान, कैँची र नियन्त्रित लागुऔषध नाइट्राभेट ३४ ट्याब्लेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement