site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बैतडीका बेपत्ता शिक्षकको खोजीका लागि प्रहरी परिचालन

बैतडी । विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन् । डिलाशैनी गाउँपालिका–२, गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन् ।

स्थानीय लटीनाथ आधारभूत विद्यालय अमरखेतमा कार्यरत शिक्षक बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

भदौ ५ गते विद्यालय हिँडेका बोहरा घर फर्केका छैनन् । उनले लगाएको चप्पल स्थानीय गन्नीगाडनजिकै फेला परेको छ ।

प्रहरी निरीक्षक केसीले भने, “बेपत्ता शिक्षकको अवस्था अज्ञात छ । खोजीका लागि प्रहरी परिचालन भएको छ, पत्ता लाग्न सकेको छैन ।” रासस

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro