site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विष्णु पौडेल र मलाई जोडेर एमालेभित्र विवादको सन्देश दिन खोजियो : शंकर पोखरेल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलको नाम जोडेर पार्टीभित्र विवाद छ भन्ने सन्देश दिन खोजिएको बताएका छन् ।

शनिबार एमालेको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन समारोहमा उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पार्टी वैचारिक र सांगठनिक रूपमा एकताबद्ध भएको जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“विगत केही दिनदेखि लुम्बिनी प्रदेशको अधिवेशनलाई केन्द्रविन्दु बनाएर नेकपा (एमाले)भित्र विवाद छ भन्ने खालको सन्देश सम्प्रेषण गर्ने प्रयत्न भइरहेको छ,” उनले भने, “कतिपय छापामाध्यममा यसप्रकारका विचारहरू, समाचारहरू सम्प्रेषण भइरहेको सुनिरहेका छौँ । पढिरहेका छौँ । नेकपा (एमाले) कमरेड केपी ओलीको नेतृत्वमा वैचारिक, संगठनात्मक रूपमा एकताबद्ध छ । यसलाई कसैले पनि विभाजित गर्ने, कमजोर पार्ने काम गर्न सक्दैन ।”

उनले महाधिवेशनका सन्दर्भमा सार्वजनिक त्यस्ता समाचारलाई मिथ्या साबित गर्न प्रतिनिधिलाई आह्वान गरे । अधिवेशनमा दुई नेताका गुटको प्रतिस्पर्धा हुन लागेको चर्चा चुलिएको छ ।

Global Ime bank

“कमरेड विष्णु पौडेल र मलाई जोडेर जुन प्रकारका समाचार सम्प्रेषण भएका छन्, सम्पूर्ण प्रतिनिधिहरूले त्यसलाई मिथ्या साबित गर्नुहुनेछ । र, यो अधिवेशनलाई एकताको अधिवेशनका रूपमा सम्पन्न गनुहुनेछ भन्ने आह्वान गर्दछु,” पोखरेलले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय