राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियान सुरुवात गरिएको छ ।
माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को उद्घाटन गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट जुममार्फत ६ हजार ७४३ वडामा एकसाथ अभियान आरम्भ गरेका हुन् । यो अभियानमा माओवादी नेताहरु जनताको घरघरमा पुग्नेछन् ।
माओवादीको विशेष रुपान्तरण अभियान आजदेखि सुरु हुँदै
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० ०९:४३
प्रतिक्रिया दिनुहोस्