site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्युतीय अपराधको उजुरी 'दर्ता गर्ने खालको नभएपछि' ताराखोला गाउँपालिकाले गर्‍यो मिलापत्र
Sarbottam CementSarbottam Cement

पोखरा । बागलुङको ताराखोला गाउँपालिकाले विद्युतीय अपराधको कसुरमा दुईजनाविरुद्ध दिएको निवेदन दर्ता गर्न नमिलेपछि मिलापत्र गरिएको छ । 

गत साउन १५ गतेको कार्यपालिका बैठकबाट गाउँपालिकाले वडा नम्बर २ का इन्द्रबहादुर रोका र तुलसीराम घर्तीविरुद्ध विद्युतीय अपराधमा कारबाहीका लागि प्रहरीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सामाजिक सञ्जालमा पालिकाको सेवा प्रवाहदेखि सुशासनको पक्षमा स्टाटस लेख्ने गरेको भन्दै गाउँपालिकाले उनीहरूविरुद्ध उजुरी दिने निर्णय गरेको थियो । 

तर, गाउँपालिकाको उजुरी प्रक्रियागतरूपमा अगाडि बढाउन मिल्ने खालको नदेखिएको बागलुङ प्रहरीका कार्यवाहक प्रमुख डीएसपी मदन केसीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“साइबर क्राइमको उजुरी दर्ता गर्ने खालको थिएन,” उनले भने ।

प्रहरीले उजुरी दर्ता गर्न नमिल्ने बताएपछि गाउँपालिकाले मिलापत्र गरेको छ । भदौ १० गते नै जिल्ला प्रहरी कार्यालले छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो । उक्त छलफलमा नै दुवै पक्षबीच सहमति भएको केसीले जानकारी दिए ।

Global Ime bank

“आगामी दिनमा यस्तो हुँदैन भन्ने हिसाबले सहमति भएको छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष स्वयं धनबहादुर बिक तथा रोका र घर्तीले हस्ताक्षर गर्नुभएको छ,” उनले भने ।

पालिकाले उजुरी दिएता पनि अहिले पालिकाले मुद्दा फिर्ता लिएको रोका बताउँछन् । फेसबुकमा उनले लेखेका छन्, “गुनासो तथा आलोचनाबाट डराएर हामीमाथि अभियोग अनि मुद्दा लगाउने काम भयो । खै किन हो उनै दैव जानून् त्यो अभियोग फिर्ता लिने काम पनि भयो ।”

गाउँपालिका अध्यक्ष बिकले आपसी सहमतिमा मिलापत्र गरिएको बताए ।

सम्बन्धित समाचार

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  २२:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय