site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तस्करीको सामान बरामद भएपछि सशस्त्र प्रहरीसँग झडप, सहायक हवल्दारसहित तीन घाइते
Tiktok banner adTiktok banner ad

काठमाडौं । बाँकेको नेपालगञ्जमा सशस्त्र प्रहरी र तस्करीको सामान ल्याएका व्यक्तिहरूबीच झडप भएको छ । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि झडप भएको सशस्त्र प्रहरीले जनाएको छ । झडपमा दुईजना सशस्त्र प्रहरीका कर्मचारी र एकजना स्थानीय घाइते भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१६ चौलिका चोकबाट गए राति साढे ९ बजेतिर बागेश्वरी गण बाँकेको टोलीले चोरी पैठारीको विभिन्न सामान बरामद गरेको थियो । हार्डवेयरका सामानको पूरा भन्सार नतिरेको पाइएपछि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

तर, तस्करीको सामान ल्याउने व्यक्तिहरू र स्थानीयको करिब १२० जनाको टोलीले सामान फिर्ता पाउनुपर्ने माग राखेर ड्युटीमा खटिएका सशस्त्र प्रहरीबाट सामान खोसेर लिने प्रयास गरेको सशस्त्र प्रहरीको दाबी छ । त्यसपछि तत्कालै थप मद्दतका लागि पुगेको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरूलाई सम्झाएर पठाएको थियो ।

तर, उनीहरू राति साढे १० बजेतिर फेरि आएर ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि एक्कासि ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यसपछि भाग्ने क्रममा स्थानीय १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका थिए ।

ढुंगामुढा प्रहारबाट बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएको जनाइएको छ । 

सशस्त्र प्रहरीले उनीहरूबाट चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro