site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिकी सिनेटर होलेनले गरे परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रीको कार्यकक्षमा शुक्रबार दुईजनाबीच भेटवार्ता भएको थियो ।

Dabur Nepal
NIC Asia

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार नै काठमाडौं आइपुगेका हुन् ।

“नेपाल र अमेरिकाबीचको द्विपक्षीय र बहुपक्षीय सहयोगका विषयमा भेटमा छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास काठमाडौंस्थित अमेरिकी दूतावासले व्यक्त गरेको छ ।

उनले सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको समयमा उनले नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्ने दूतावासले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro