site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उपप्रधानमन्त्री श्रेष्‍ठ र संयुक्त अधिराज्यका राजदूत फेनबीच शिष्‍टाचार भेटघाट

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेनबीच शुक्रबार शिष्‍टाचार भेटघाट भएको छ।

गृह मन्त्रालयमा राजदूत फेनलाई स्वागत गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बेलायतबीच मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा गर्व व्यक्त गर्दै राजदूतको कार्यकाल सफलताको शुभकामना दिए ।

Dabur Nepal
NIC Asia

त्यसक्रममा राजदूत फेनले समेत मैत्री सन्धि भएको सय वर्ष पुगेकोमा आफूलाई गर्व लागेको र दुई देशबीचको सम्बन्धलाई अझ आधुनिकीकरण गर्नु जरुरी रहेको बताए ।

बेलायतमा नेपालबारे बेग्लै पहिचान स्थापित भएको, नेपालीप्रति बेलायतीको गहिरो सद्‍भाव रहेको र उक्त सद्‍भावको उचित कदर गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने जिम्मेवारी आफूहरूको रहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले बेलायतले नेपालको विकासमा सधैँ साथ दिएकोमा आभार व्यक्त गर्दै दुई देशबीच सरकार र जनस्तरमा समेत बहुआयामिक सम्बन्ध रहिआएको बताए ।

६ दशकको लामो राजनीतिक संघर्षपछि स्थापित ऐतिहासिक परिवर्तनलाई नेपाली जनताले महसुस गर्नेगरी आर्थिक सामाजिक विकासको माध्यमबाट संस्थागत गर्नु नेपाल सरकारको मुल कार्यभार रहेको उनले बताए ।

यसका लागि नेपालका विकास साझेदारहरूको सहयोग महत्त्वपूर्ण रहेको र सन् २०२६ मा नेपाल अतिकम विकसित राष्‍ट्रबाट स्तरोन्‍नति हुने भएकोले यसलाई  दिगो बनाउन मैत्रीराष्‍ट्रहरूको सहयोग थप महत्त्वपूर्ण हुने उनले बताए ।

वर्तमान सरकार सुशासन प्रत्याभूतिका लागि आक्रामक रूपले लागेको पनि उनले स्पष्‍ट पारे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro