खेल

काठमाडौं । एसिया कप–२०२३ को दोस्रो खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका पुगेको छ । नेपाली टिम बिहीबार श्रीलंका पुगेको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल २३८ रनले पराजित भएको थियो ।
समूह ‘ए’मा रहेको नेपालले श्रीलंकामा भारतविरुद्ध खेल्ने तालिका छ । नेपाल र भारतबीचको खेल यही भदौ १८ गते हुनेछ ।
एसिया कप–२०२३ को आयोजना अधिकार पाकिस्तानले पाए पनि भारतले आफ्नो टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगिता ‘हाइब्रिड मोडेल’मा सञ्चालन भइरहेको छ । प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी सबै श्रीलंकामा हुनेछन् । भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १२:१५
प्रतिक्रिया दिनुहोस्