site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘सुरुआत हो, अझै धेरै खेल्न चाहन्छौँ’
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले एसिया कपमा पाकिस्तानसँग खेल्नु सुरुआत मात्र भएको बताएका छन् ।

बुधबार एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग २३४ रनले पराजित भएपछिको पत्रकार सम्मेलनमा उनले नेपालको यो सुरुआत मात्र भएको बताएका हुन् । यही स्तरमा अझै धेरै प्रतियोगिता खेल्ने टिमको चाहना रहेको उनले उल्लेख गरे ।

“हामीले के सिक्यौँ भन्ने कुरा मनन गर्न बाँकी नै छ । सिकाइको साथसाथै हामीले के–के राम्रो गर्‍यौँ भनेर पनि देखाउन बाँकी छ । हाम्रा बलरले सुरुआत राम्रो गरे । पाकिस्तानसँगको खेलमा फिल्डिङ केही निराशजनक रह्यो,” देसाईले भने, “यो स्टेजमा आएर क्रिकेटरको सपना हुन्छ, जुन आज सुरु भएको छ । यो हाम्रो सुरुआत हो, किनकि हामी यो स्तरमा अझै धेरैपटक खेल्न चाहन्छौँ ।”

पाकिस्तानविरुद्ध फराकिलो हार बेहोरे पनि त्यसको अनुभवबाट अबका खेलमा प्रदर्शन सुधारिने अपेक्षा गरिएको उनले बताए ।

“अब हामी अर्को खेलमा केन्द्रित छौँ । अब दुवै टिमले श्रीलंकाको यात्रा गर्नेछन् । त्यहाँ हामीलाई भारत–पाकिस्तानको खेल हेर्ने मौका पनि मिल्नेछ,” उनले भने, “विश्वस्तरीय बलरविरुद्ध खेल्दा केही टेम्परमेन्टर र कम्पोजर आवश्यक हुन्छ । आशा छ, टिमले आज (बुधबार)को खेलबाट सिक्नेछ र आगामी खेलमा अझ सुधारिएको प्रदर्शन देखाउनेछ ।”

एसिया कपमा देखाउने प्रदर्शनका आधारमा नेपालले अबका दिनमा भारत र पाकिस्तानको ‘ए’ टिमसँग खेल्न पाउने सम्भावना उनले व्यक्त गरे ।

देसाई थप्छन्, “अनुभवी खेलाडीबाट सिकेको कुरा आगामी खेलमा प्रयोग गरे मात्र खेलाडीले आफूमा इम्प्रुभ ल्याउन सक्छ । हामी यहाँ ग्रोथका लागि आएका हौँ । यो मञ्चमा नेपाली क्रिकेटरले देखाउने कौशलले भारत ‘ए’, पाकिस्तान ‘ए’सँग खेल्ने अवसर मिल्नेछ, जुन नेपाली क्रिकेटको विकासमा अर्को प्लेटफर्म बन्नेछ भन्ने आशा लिएको छु ।”

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ११:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro