site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘बजेट तान्न होइन, सुशासन  प्रवर्द्धनमा लागौँ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गरेका छन् । 

सुशासन प्रवर्द्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियतले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनमा काम गर्न आवश्यक रहेको उनले बताए । सभापति पन्थले भने, “भ्रष्टाचारलगायत जति पनि विकृति, अनियमित र बेथितिलाई अन्त्य गर्न संसदीय समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

सरकार विकास र समृद्धिका कार्यक्रमलाई जोड दिने तथा  दलका नेता र जनप्रतिनिधि पनि विकासका नाममा आफ्ना क्षेत्रमा बजेट धेरै तान्न खोज्ने होडबाजीले सुशासन प्रवर्द्धन र दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती खडा गर्ने उनको भनाइ छ ।  
 
मुलुकको सोह्रौँ पञ्चवर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच अघि सारेको उल्लेख गर्दै सभापति पन्थले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने मामिलामा जनप्रतिनिधिको खबरदारी आवश्यक रहेको बताए । 

यसैबीच, समितिले सुशासन प्रवर्द्धन सम्बन्धमा अध्ययन, अनुगमन र राज्यका सम्बन्धित निकाय तथा  सरोकारवालासँग आवश्यक छलफल गर्न सुशासन प्रवर्द्धन तथा अनुगमन गर्न रमेशजंग रायमाझीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । सभापति पन्थको अध्यक्षतामा बिहीबार बसेको बैठकले गठन गरेको उपसमितिका सदस्यमा नारायणप्रसाद दाहाल र शारदादेवी भट्ट रहेका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय