काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटबलका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
केसीले १८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
केसीले २०७९ मंसिर २५ गते बुटबल उपमहानगरपालिका–५ बाट ३४ तोला २१ लाख ७ प्वाइन्ट सुन लिई १५ दिनसम्म आफू कार्यरत कार्यालयमा राखेको अख्तियारले जनाएको छ । उक्त कुराको जानकारी उनले कार्यालयका अन्य कर्मचारीलाई समेत नदिएको अनुसन्धानमा खुलेको थियो ।
केसीले सुन जिम्मा लगाएको कागज गर्न लगाएर सुन फिर्ता नदिई घुस मागेका थिए । घुसबापत १८ लाख रुपैयाँ केसीले लिएको अख्तियारले जनाएको छ ।
बुधबार दायर गरिएको मुद्दामा केसीसँग १८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।