अर्थ व्यवसाय
काठमाडौं । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेलले सरकारले उद्योगी व्यवसायीलाई देशमा काम गर्ने वातावरण नभएको बताएका छन् ।
बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यकक्रमा बोल्दै उनले नेपालमा व्यवसायीमैत्री वातावरण नहुँदा देश छोडेर विदेशिने युवाहरूको संख्या बढ्दै गएको बताए ।
“अहिले देश छोड्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यही अवस्था रहने हो भने हाम्रो छोराछोरी देशमा बस्दैनन्,” उनले भने ।
युवा पुस्तालाई देशमै बस्ने र व्यवसायीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १६:००
प्रतिक्रिया दिनुहोस्