अर्थ व्यवसाय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले रिसर्च र इनोभेसनमा लगानी बढाउन नसक्दाको परिणाम अर्थतन्त्रमा देखिने बताएका छन् ।
बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'निजी क्षेत्रको आवाज' वृहत् छलफल कार्यक्रममा अर्थतन्त्रको चित्र प्रस्तुत गर्दै झाले सम्भावनाको अध्ययन सरकारले नगर्दा अवसर खोज्न युवा बाहिरिने क्रम बढेको बताए ।
"अहिले नयाँ कन्ट्रिब्युटरहरू आएका छैनन् । यसरी नयाँ कन्ट्रिब्युटर नआउदा अर्थतन्त्रमा समस्या थपिँदै छ," उनले भने, "सरकारले रिसर्च र इनोभेसनमा योगदान गरेको छैन । यो दुःख को कुरा हो ।"
नयाँ मार्केट पहिचान हुन नसक्दा पनि समस्य निम्तिएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १५:२६
प्रतिक्रिया दिनुहोस्