site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतीय क्रिकेटर रविचन्द्रन आश्विनको प्रश्न– नेपालका रोमाञ्चक प्रतिभाको बारेमा बताउन सक्नुहुन्छ ?

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमका क्रिकेटर रविचन्द्रन आश्विनले नेपाली समर्थकहरूलाई नेपालको रोमाञ्चक प्रतिभाको बारेमा प्रश्न गरेका छन् ।

एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाल र पाकिस्ताबीचको खेल सुरु हुनुअघि आश्विनले ट्विटमा नेपाली समर्थकहरूलाई आफ्नो ठाउँको प्रतिभाशाली खेलाडीहरूको बारेमा बताउन आग्रह गरेका छन् ।
 
“एसिया कप आजबाट मुल्तानमा सुरु हुँदै छ, जहाँ वीरेन्द्र सेहवागले तेहेरो शतक बनाएका थिए । तर, आजको लागि नेपाली क्रिकेटका फ्यानहरू मलाई विश्वमा तपाईंहरूको क्षेत्रबाट आउने रोमाञ्चक प्रतिभाहरूको बारेमा बताउन सक्नुहुन्छ ?,” आश्विनले लेखेका छन् ।

Dabur Nepal
NIC Asia

पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा हुने एसिया कपको उद्घाटन खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदै छ । आज नेपालले पहिलोपटक एसिया कप खेल्दै गर्दा पाकिस्तान भने १५ वर्षपछि क्रिकेटको कुनै ठूलो प्रतियोगिताको आयोजक बन्दै छ ।

Aswin-1693381689.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro