अर्थ व्यवसाय
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले कुनै पनि कम्पनीको हकप्रद सेयर निष्कासन भएको जानकारी दिन थालेको छ । सीडीएससीले मंगलबारबाट यो सेवा सुरुगरेको हो ।
कम्पनीले हकप्रद सेयर जारी गर्ने तर लगानीकर्ताले थाहा नपाउने र आफ्नो हकमा पर्ने सेयर खरिद गर्न नपाउने समस्या आएपछि सीडीएससीले यो सुविधा सुरु गरेको बताइएको छ ।
सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले हकप्रद सेयर निष्कासन गर्ने कम्पनीहरूले नै यो सूचना सेयरधनीलाई दिनुपर्ने बताए ।
तर, कम्पनीहरू गैरजिम्मेवार भएपछि सीडीएससीमा गुनासो आउन थालेपछि परीक्षण गरिएको उनी बताउँछन् । अब कम्पनीसँग समन्बय गरेर यो सुविधा नियमित दिने पनि उनको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १२:४९
प्रतिक्रिया दिनुहोस्