site stats
बाह्रखरी :: Baahrakhari
देश
आज यी जिल्लाका नदीमा बाढीको सम्भावना
फाइल तस्बिर।

काठमाडौं । आज देशका विभिन्न क्षेत्रका साना नदीहरुमा बाढीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ठूला नदीहरुमा भने बाढीको सम्भावना न्यून रहेको छ ।

आज ईलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, काभ्रेपलान्चोकका साना नदीमा बहाव बढ्ने महाशाखाको अनुमान छ ।

यस्तै, कास्की, पर्वत, लमजुङ, बागलुङ, स्याङजा, पाल्पा, प्युठान, रोल्पा, रुकुम पश्चिम, सल्यान र आसपास भएर बहने केही स–साना नदीहरुमा बहाव सामान्य बढ्न सक्ने पूर्वनुमान रहेको महाशाखाले जनाएको छ ।

भोलि र पर्सि देशभरका नदीहरुको बहाव सामान्य अवस्थामा रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्