site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोनाल्डोप्रेरित अल नासरको सहज जित
Tiktok banner adTiktok banner ad

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित अल–नासरले साउदी प्रो लिगमा मंगलबार अल–सबाबविरुद्ध ४–० को सहज जित निकालेको छ ।

घरेलु मैदान केएसयू रंगशालामा सम्पन्न खेलमा नासरलाई जित दिलाउन रोनाल्डोले दुई गोल गर्दा साडियो माने र सुल्तान अल–घनामले एक–एक गोल गरे ।

१३औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले घरेलु टिमलाई अग्रतामा राखेका थिए । ३८औं मिनेटमा पुनः पेनाल्टी पाउँदा रोनाल्डो नै सदुपयोग गरेपछि अल–नासरले अग्रता दोब्बर पार्यो ।

त्यसको दुई मिनेटपछि मानेले गोल गर्दै नासरको अग्रतालाई ३–० मा पुर्याएका थिए । यस्तै, ८०औं मिनेठमा अल–घनामले गोल गरेपछि नासरले अग्रतालाई ४–० मा पुर्याएको थियो । यसपछि दुवै टिमबाट गोल नहुँदा अल–नासरले सहज जितसहित तीन अंक निश्चित गर्यो ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको अल–नासर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि जितविहीन अल–सबाब भने दुई अंकसहित तालिकाको १७औं स्थानमा छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro