site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० को सैद्धान्तिक छलफल निणयार्थ प्रस्तुत गरिएन । गणपूरक संख्या नपुगेकाले विधेयक निणयार्थ प्रस्तुत नगरिएको हो ।

बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफल गरिएको थियो । सैद्धान्तिक छलफल निणयार्थ प्रस्तुत गर्ने समयमा सांसदहरूले नियमापत्ति गर्दै गणपूरक संख्याको विषय उठाएका थिए ।

सभामुखको निर्देशनपश्चात् तीन मिनेट घण्टी बजाएर संख्या गणना गर्दा ५९ रहेको पाइएको थियो । संविधानानुसार कुल सदस्य संख्याको एकचौथाइ अर्थात् ६९ सांसदको उपस्थिति नभइ कुनै पनि निर्णय वा प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न पाइँदैन । नेपालको संविधानको धारा ९४ मा उक्त व्यवस्था छ ।

“यस संविधानमा अन्त्यथा लेखिएकोमा बाहेक संघीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन,” संविधानमा लेखिएको छ ।

त्यसपछि आजको बैठक स्थगित गरियो । अर्को बैठक यही भदौ १८ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro