site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद आस्मा चौधरीको प्रश्नको जवाफ दिँदै उनले आँखा पाक्ने रोगको नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिरहेको बताए । समुदायस्तरमा जनचेतना बढाउन प्रचारप्रसार र संक्रमितलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

Argakhachi Cement Island Ad

स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन गरी रोकथामका लागि विभिन्न कार्य भइरहेको पनि उनले जानकारी दिए ।

“देशका विभिन्न भागमा आँखा पाक्ने संक्रामक रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिरहेको छ । समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसका साथै स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन भई रोकथाम र प्रबन्धका विभिन्न कार्यहरू भइरहेका छन् ।”

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्