site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निजगढ विमानस्थल निर्माणको प्रारम्भिक चरणको काम अघि बढाइयो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रारम्भिक चरणको काम अघि बढाइएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा उनले सो आयोजनाका लागि यो वर्ष ३५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । सांसद ऋषिकेश पोखरेलको प्रश्नमा उनले रािष्ट्रय गौरवका आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले हुलाकी मार्गको डीपीआर निर्माणमा ढिलाइका कारण तीन वर्षभित्र कार्य सम्पन्न गर्ने नयाँ ‘टार्गेट सेट’ गरिएको जानकारी दिए ।

उनले लुम्बिनी विकास परियोजनाको ८८ प्रतिशत तथा पशुपति क्षेत्र विकासको भौतिक प्रगति ६६ प्रतिशत भइसकेको उल्लेख गरे ।

“हालसम्म १४ वटा राष्ट्रिय गौरवको आयोजनाको काम ८० प्रतिशतमाथि, पाँचवटाको ५० देखि ८० र सातवटाको ५० प्रतिशत काम सम्पन्न भएको छ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro