site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमसीसीविरुद्ध बोलेकाले मलाई चुनाव हराइयो : झलनाथ खनाल
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसीका विरुद्ध बोल्नेलाई चुनावमा हराउने ग्रान्ड डिजाइन गरिएको र त्यसको शिकार आफू भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको एसीसी परियोजना कार्यान्वयनविरुद्ध बृहत् अन्र्तक्रिया कार्यक्रममा खनालले तत्कालीन समयमा आफू एकजना मात्रै सदनमा उभिएर एमसीसीको विरोध गरेको र त्यसैका कारण चुनावमा हटाउने ग्रान्ड डिजाइन गरिए पनि अहिले आफूलाई कुनै पश्चाताप नरहेको बताए ।

सदनबाट एमसीसी पास गर्नु इतिहासको दुर्भाग्यपूर्ण क्षण भएको उनले बताए । खनालले उक्त सम्झौता संविधान र कानुनभन्दा माथि रहेको भन्दै यस्ता कुनै पनि मान्न जरुरी नरहेको जिकिर गरे । उनले मुलुकको हितविपरीत रहेका सम्झौताको विरुद्ध डटेर लड्नुपर्ने बताए ।

त्यस्तै, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी साम्राज्यवादको रुपमा रहेको एमसीसी राष्ट्रको हितमा नरहेको र यसैका कारण अमेरिकी सेनाहरु नेपाल आउन खोजेको तर्क गरे । उनले देशको हितविपरीत कुनै पनि काम भए नेपाली जनता चुप लागेर नबस्ने जिकिर गरे ।

उनले एमसीसी लागु गर्ने सरकारको तयारी रहेको भन्दै त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro