site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
९ किलो सुन तस्करी प्रकरणमा जुट्यो सीआईबी, महरा बाबुछोरामाथि पनि अनुसन्धान हुने

काठमाडौं । ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि अनुसन्धान हुने भएको छ ।

महरा बाबुछोरालाई जोगाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको भन्दै प्रहरीको अनुसन्धान माथिनै प्रश्न उठेको थियो । ९ किलो सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको थियो ।

महरा र उनका छोराको सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग पटक–पटक टेलिफोन संवाद भएको सीआईबीको अनुसन्धानबाट देखिएपनि उनीहरूमाथि अनुसन्धान नै नगरी २७ असारमा प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनको आधारमा भेपको सुन चोरी प्रकरणमा जोडिएका ९ जना पुर्पक्षको लागि थुनामा छन् ।

सरकारी वकिल कार्यालयले महराको बाबुछोरामाथि समेत अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको खुलेको छ । कृष्णबहादुरको छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क भएको सीआईबीले किटान गरेर प्रतिवेदन बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार भेपमार्फत भएको तस्करीको अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएको बताए । 

त्यस्तै, सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेको खुलेको थियो । भेप सुन प्रकरणमा जोडिएका तीनैजना चिनियाँ हाल फरार छन् ।  

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले भने ९ किलो सुन तस्करी प्रकरणको अनुसन्धानकै विषयमा रहेको प्रतिक्रिया दिइन् । 

सीआईबी स्रोतले भने भेपमार्फत भएको तस्करीको अनुसन्धान निरन्तर रहेको बताए । 

“हामी अनुसन्धानमै छौँ,” उनले भनिन्, “महरा बाबुछोराको पनि फोन सम्पर्कबाहेक अन्य प्रमाणको खोजीमा लागेका छौँ । अन्य प्रमाण भेटिए उनीहरू पनि कानुनी दायरामा आउँछन् ।”

१० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ बट्टामा ल्याइएको ७३० थान भेपमा ९ किलो सुन लुकाएर ल्याएको खुलेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro