site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रत्यारोपण केन्द्रका लागि जग्गा र नयाँ भवनको व्यवस्था गर्ने स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्वता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रदान गर्ने सेवा विस्तार गर्न नयाँ भवन बनाइने बताएका छन् ।

सोमबार केन्द्रको अनुगमनपछि बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसेकेकाले जग्गाको ब्यवस्थापन गरेर छिट्टै नयाँ भवन बनाइने र सेवा विस्तार गर्ने बताए ।

Dabur Nepal
NIC Asia

“केन्द्रले मिर्गौला र कलेजोका बिरामीलाई प्रदान गरिरहेको सेवा उत्कृष्ट छ, भवन अभावमा सेवा विस्तार गर्न सकिएको छैन, जग्गा खोजेर र नयाँ भवन बनाउने कुरामा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ, यो प्रस्ताव म छिट्टै मन्त्रिपरिषद्मा लैजान्छु र कार्यान्वयन गर्छु,” मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतलाई केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले भौतिक संरचना अभावले बिरामीको चापअनुसार सेवा विस्तार गर्न नसकिरहेको अनुभव सुनाएका थिए ।

कम्तीमा ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने उनको भनाइ छ ।

केन्द्रसहित भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसहितलाई गाभेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजनालाई पनि सरकारले अगाडि बढाइने पनि मन्त्री बस्नेतले बताए ।

केन्द्रले स्थापनाको एक दशकमा एक हजार एकसय ६ वटा मिर्गौला प्रत्यारोपण र १३ वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ ।

केन्द्रको अहिले सेवा सञ्चालन भइरहेको भवन भक्तपुर अस्पतालको हो । केन्द्रले लामो समयदेखि सेवा विस्तारका लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै आइरहेको भए पनि अहिलेसम्म पाएको छैन । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपाल सरकारको एक मात्र अंग प्रत्यारोपण केन्द्र हो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro