site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

नेपाल प्रहरीको अपेक्षाकृत विश्वसनीय र प्रभावकारी मानिने विभाग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)समेत ‘राजनीतिक स्टन्ट’को हतियार बनेको देखिनु निराशा र चिन्ताको विषय हो । विडम्बना, राजनीतिक वृत्तमा सरकारको पौरखका रूपमा निकै चर्चा गरिएको ललितानिवास जग्गा हिनामिनाको मुद्दामा सीआईबी ‘स्टन्ट’को औजार देखिनपुग्यो ।  

सरकारी वकिल कार्यालयले ललितानिवास जग्गा हिनामिनामा प्रकरणमा सीआईबीको प्रतिवेदनअनुसार आरोपितहरूमाथि ‘संगठित अपराध’मा मुद्दा चलाउन मिल्ने देखेन । किनभने स‌ंगठित अपराधमा कारबाही चलाउने कानुन जग्गा किनबेच हुँदाका बखत बनेकै थिएन । अर्कातिर मुख्य निर्णयकर्तालाई भने अदालतको आदेशको समेत अवज्ञा गरेर उन्मुक्ति दियो । 

हुनत, सीआईबीले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउने गरी प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले किर्तेमा मात्र मुद्दा दायर गरिएको छ । अपराध हुँदाका बखत अस्तित्वमै नरहेको कानुन प्रयोग गरेर मुद्दा चलाउनु यसै पनि प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ ।

KFC Island Ad
NIC Asia

सरकारी कार्यालयमा गएर जग्गा किनबेच गर्ने जनसाधारणमाथि अभियोग लगाउने तर त्यो अपराध हो भने त्यसको बाटो खोल्ने मन्त्रिपरिषद्को निर्णयमा प्रत्यक्ष र निर्णायक हैसियतमा स‌लग्न व्यक्तिहरूलाई उन्मुक्ति दिने काम न्याय मानिन सक्तैन । प्रभावशाली निर्णयकर्तालाई जोगाउन गरिएको यो प्रपञ्चले लोकतन्त्रकै उपहास भएको छ ।    

प्रहरीलाई भूतप्रभावी हुनेगरी कानुन प्रयोग गर्न मिल्दैन भन्ने ज्ञान पक्कै थियो होला । तैपनि, आरोपितहरूलाई बढी दिन थुनामा राख्नैका लागि स‌ंगठित अपराधमा पनि मुद्दा चलाउने प्रपञ्च रचियो । सरकारी लिखत किर्तेमा मुद्दा चलाउँदा थोरै दिनमात्र थुनामा राख्न मिल्थ्यो भने स‌ंगठित अपराधमा धेरै दिन थुनामा राख्न सकिन्छ ।

आरोपितहरूसँग सीआईबीका अधिकारीले इबी साध्नुपर्ने त पक्कै थिएन होला । राजनीतिक नेताहरूको प्रचारवाजीसमेत हेर्दा पनि सीआईबी गलत मनसायले प्रयोग भएको आशङ्का उब्जन्छ । आरोपितहरूलाई यसरी कानुनी आधारै नभएको मुद्दामा थुनामा राख्न अदालतले समेत अनुमति दिनु अर्को आश्चर्य र चिन्ताको विषय हो ।

अधिनायकवादी शासनमा राज्यका अ‌ङ्गहरू प्रयोग गरेर नागरिकलाई आतङ्कित बनाउने गरिन्छ । शासकको इच्छाअनुसार कानुनको ‘गैरन्यायिक’ प्रयोग पनि अधिनायकवादकै चरित्र हो । यस्तै, सत्ताका निकट प्रभावशाली व्यक्तिलाई अपराध गर्दासमेत उन्मुक्ति दिनु पनि अधिनायकवादी शासनकै चरित्र हो । दुर्भाग्य, ललितानिवास मुद्दामा यी सबै प्रवृत्ति नियोजितरूपमै देखापरेको छ ।

मुद्दा न्यायालयमा विचाराधीन छ । ढिलोचाँडो किनारा लाग्ने नै छ । यसैले चासो र चिन्ताको विषय भने राज्यका अङ्गहरू राजनीतिक ‘स्टन्ट’को अस्त्र बन्न पुग्नु र नागरिकहरूविरुद्ध गैरकानुनीरूपमा अन्यायपूर्वक प्रयोग हुनु हो । समाजमा त्यस्ता ‘स्टन्ट’ सहजै प्रभावकारी हुनु अर्को गम्भीर चिन्ताको विषय देखिन्छ । 

यसबाट सिक्ने पाठ चाहिँ नेपाल प्रहरीलगायत राज्यका निकाय कसैको राजनीतिक प्रचारको हतियार बन्नु प्रत्युत्पादक हुनेरहेछ भन्ने नै हो । जसोतसो उज्यालिँदै गएको सीआईबीको छवि यस प्रकरणबाट फेरि अँध्यारो भएको छ । आशा गरौँ, नेपाल प्रहरीका अधिकारीलगायत निजामती सेवाका कर्मचारीले पनि ‘गुनको होइन नुनको सोझो चिताउने’ धर्म अब छाड्नेछैनन् ।           

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro