देश

काठमाडौं । सुनसरीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्जु गाउँपालिका–६, बेलाहाका १८ वर्षीय किशोर छन् ।
कटुवा पेस्तोल एकथान र सोही पेस्तोलमा लाग्ने गोली एक राउन्डसहित सोमबार उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गएको आइतबार राति प्रहरी टोलीले उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको थियो । त्यति बेला किशोर फरार थिए ।
खोजी गर्ने क्रममा बर्जु गाउँपालिका–५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ ११, २०८० १४:००
प्रतिक्रिया दिनुहोस्