site stats
बाह्रखरी :: Baahrakhari
देश
टेकनाथ रिजालको मुद्दामा न्यायिक सुनुवाइका लागि श्रीमती कौशिलाको आग्रह 
फाइल तस्बिर

काठमाडौं । भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालको स्वास्थ्य कमजोर रहेको भन्दै उनकी श्रीमती कौशिला रिजालले न्यायिक सुनुवाइका लागि आग्रह गरेकी छन् । रिजालको प्रतिकूल स्वास्थ्यलाई ख्याल गर्न सरोकारवालासँग उनको आग्रह छ । 

“उमेरमा ७६ वर्ष पूरा हुन लागेका र सुगर, ब्लड प्रेसरसहितका बिरामहरूबाट ग्रसित नेता रिजालको आगत–विगत सम्झेर पनि उहाँको न्यायिक सुनुवाइका लागि अनुरोध गर्दछु,” उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, “यो भुटानी शरणार्थी मुद्दामा सम्मानित अदालतमा न्यायिक निरुपण हुने क्रम जारी रहे पनि नेता रिजालको प्रतिकूल स्वास्थ्य स्थितिको सरोकारलाई समेत स्मरण गराउन चाहन्छु ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शरणार्थी हकहितका निम्ति राष्ट्रिय/अन्तर्राष्ट्रिय तहमा आवाज उठाउँदै आएका नेता रिजालको अभियानलाई निस्तेज गराउन लामो समयदेखि चलखेल जारी रहेकोसमेत उनले बताएकी छन् । 

“आज आएर नक्कली शरणार्थीको गिरोहलाई जोडेर नेता रिजालमाथि अप्रमाणित र अवाञ्छित अभियोगसहित  थुनामा राखिएको प्रसंग आफैँमा अन्यायपूर्ण देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ, “नक्कली शरणार्थीको यो गिरोहबारे स्वयम रिजालले एक वर्ष अघिदेखि नेपालका पूर्वप्रधानामन्त्रीहरू तथा बहालवाला मन्त्री, पूर्वपरराष्ट्र मन्त्री र मिडियासहित सम्बद्ध निकायमा सप्रमाण सूचना दिँदै आउनु भएको थियो ।” 

उनले नक्कली शरणार्थीको गिरोहबारे गिरोहमा संलग्न व्यक्तिहरूरुका बारेमा गत वर्ष वैशाख अन्तिममा समेत गृह मन्त्रालयमा लिखित जानकारी दिएको पनि स्पट पारेकी छन् । 
1231693189610.jpg

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्